Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब, शोधनान्तर स्थिति ५ खर्ब बचतमा

विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब, शोधनान्तर स्थिति ५ खर्ब बचतमा

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।

जेठ मसान्तसम्म उक्त रकम बराबर विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु आयात भने १७.६ प्रतिशत धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी मुद्रा सञ्चिति थियो । यो ११ महिनामा २५।९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको हो ।

अमेरिकी डलरमा असार मसान्तसम्म १५ अर्ब २७ करोड रहेकोमा अहिले १८ अर्ब ६५ करोड पुगेको छ । विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२।१ प्रतिशत छ ।
कुल आयातको तुलनामा १२२.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा ३४.१ प्रतिशत छ ।

शोधनान्तर स्थिति ५ खर्ब बचतमा
चालु आर्थिक वर्ष जेठ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।

गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो ।

आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो ।

चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ ।

त्यसैगरी रेमिट्यान्स आप्रवाह पनि १५.५ प्रतिशतले बढेको छ । त्यसले गर्दा पनि शोधनान्तर स्थितिमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव जेठसम्म ३ अर्ब ६२ करोडले बचतमा छ ।

चालु आवको समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता २ खर्बले बचतमा थियो ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालु आव जेठसम्म अवधिमा २ अर्ब २६ करोडले बचतमा छ ।

चालु आव जेठसम्म खुद पूँजीगत ट्रान्स्फर ८ अर्ब ९६ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर ५ अर्ब ४६ करोड थियो ।

यसैगरी चालु आव जेठसम्म ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077