काठमाडौं । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ ।
जेठमा १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर नयाँ रेकर्ड कायम भएको हो ।
जेठ महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएर नयाँ रेकर्ड कायम भएको हो । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
योसँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो । गत वर्ष जेठमा भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।