Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठविरुद्धको ‘कमिसन काण्ड’ संसदमा, सार्वजनिक लेखा समितिमा उजुरी दर्ता

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठविरुद्धको ‘कमिसन काण्ड’ संसदमा, सार्वजनिक लेखा समितिमा उजुरी दर्ता

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध उठेको 'कमिसन काण्ड' अब संसदीय छानबिनको दायरामा पुगेको छ ।

श्रेष्ठविरुद्धको उजुरी आइतबार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा औपचारिक रूपमा दर्ता गरिएको हो भने अर्थ समितिमा पनि दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

उजुरी अशोक थापाको नाममा दर्ता भएको हो । श्रेष्ठमाथि गम्भीर अनियमितता, बिचौलियासँगको साँठगाँठ र पुँजी बजारमा स्वार्थको द्वन्द्वको आरोप लाग्दै ‘कमिसन काण्ड’ संसदीय छानबिनको प्रक्रियामा पुगेको छ ।

उजुरीमा श्रेष्ठको नियुक्ति प्रक्रिया शंकास्पद रहेको, बिचौलियाहरूसँगको मिलेमतोमा दर्जनौं कम्पनीहरूको फाइल अड्काएर आफ्नै लगानी रहेको बुंगल हाइड्रोलाई अवैध रूपमा आईपीओ दिने अनुमति दिएको आरोप लगाइएको छ।

उजुरीदाताका अनुसार ऊर्जा उत्पादक कम्पनीहरूबाट आईपीओ निष्कासनको सिफारिसका क्रममा ३ देखि ७ प्रतिशतसम्म कमिसन माग गरिएको, डीजी हब नामक कम्पनीलाई नयाँ टीएमएस प्रणाली लागू गर्न ब्रोकर कम्पनीहरूको पुँजीवृद्धि योजना नौ महिना बिना कारण सारिएको, र राज्यकोषलाई २७ अर्ब रुपैयाँ नोक्सान हुने गरी नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन मरिहत्ते गरिएको जस्ता गम्भीर विषय उजुरीमा समावेश छन्।

उक्त उजुरीमा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठमात्र नभई बोर्डका अन्य सदस्यहरू—महेश बराल, विनोदकुमार भट्टराई र रेवतीप्रसाद नेपाल—समेत प्रत्यक्ष संलग्न रहेको दाबी गरिएको छ ।

विशेष उल्लेखनीय कुरा के छ भने, उजुरीमा श्रेष्ठले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा रहेका दीपक भट्ट र इन्फिनिटी होल्डिङ्ससँग नजिकको व्यावसायिक सम्बन्ध राखेको आरोप पनि लगाइएको छ। भट्टमाथिको छानबिनको फाइल वर्षौंसम्म अड्काइएको र राष्ट्र बैंकलाई मात्रै पत्र लेखिएको उजुरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077