काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सारमा घोषणा नगरी ल्याउन सक्ने व्यवस्था रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार, यदि त्यसभन्दा बढी रकम ल्याउन चाहिएमा भन्सारमा घोषणा गरेर ६ लाख भारतीय रुपैयाँसम्म ल्याउन सकिने व्यवस्था गरिएको छ।
पर्यटकहरूको सुविधाका लागि क्युआर कोड र कार्डमार्फत निश्चित सीमासम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
पाँच सयका भारतीय नोटबारे उनले भने–‘भारतले पाँच सयका नोट नेपालबाट फिर्ता नलिने भएकाले ती नोट स्वीकार नगरिएको हो।’