काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार, चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँसम्म बढाउने निर्णय भएको हो ।
संघले असार २० गतेदेखि लागु हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढाएर ४९५ रुपैयाँ पुर्याएको छ । यसअघि गत जेठ १७ ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ पुर्याएको थियो ।
त्यस्तै, मिडियम अण्डाको मूल्य भने प्रतिक्रेट ३० रुपैयाँ बढाएर प्रतिक्रेट ४६५ रुपैयाँ पुर्याइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४३५ रुपैयाँ रहेको थियो ।
त्यसैगरी चितवनबाट लोड भइ देशैभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ ।