Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको अर्थमन्त्री पौडेलको दाबी

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको अर्थमन्त्री पौडेलको दाबी

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको दाबी गरेका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पौडेलले यस्तो दाबी गरेका हुन् ।

उनले बजेट तजबिज ढंगले नभई प्रणाली अन्तर्गत निर्माण भएको बताए ।

अर्थमन्त्री पौडेलले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए ।

ऋणको दायरा असीमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पुँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077