Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईटी कम्पनीलाई १० लाख डलरसम्म विदेशमा लगानी गर्न राष्ट्र बैंकको अनुमति

आईटी कम्पनीलाई १० लाख डलरसम्म विदेशमा लगानी गर्न राष्ट्र बैंकको अनुमति

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) क्षेत्रमा क्रियाशील कम्पनीहरूलाई विदेशमा लगानी गर्न स्पष्ट सीमा तोकेको छ ।

अब आईटी कम्पनीहरूले राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी अधिकतम १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने भएका हुन् ।

राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई चौथो पटक संशोधन गर्दै आईटी कम्पनीका लागि लगानी सीमा निर्धारण गरेको हो।

यस संशोधनमार्फत अब नेपाली आईटी कम्पनीहरूले वैदेशिक बजारमा आफ्नो उपस्थिति विस्तार गर्न सक्ने कानुनी आधार तयार भएको छ।

यसअघि सरकारले माघ महिनामा जारी अध्यादेशमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, कम्पनी ऐन, २०६३ र विदेशी विनिमय ऐन, २०१९ मा संशोधन गर्दै नेपाली कम्पनीहरूलाई विदेशमा शाखा कार्यालय खोल्न तथा सिधै विदेशी कम्पनीमा सेयर लगानी गर्न पाउने प्रावधान ल्याएको थियो।

सोही कानुनी प्रबन्धलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले विनियमावलीमा नयाँ परिच्छेद ‘५ क’ थप गरेको हो । संशोधित विनियमावली अनुसार विदेशमा लगानी गर्न चाहने योग्यता प्राप्त कम्पनीहरूले आवश्यक विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077