Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी

मंगलवार , जेठ १४, २०८२

काठमाडौं। नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

मंगलबार सर्वोच्च अदालतमा पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दर्ता गरेका हुन् ।

गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसी तोकेको छ ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित पौडेलको नियुक्ति बदर गर्न माग गरिएको छ ।

उक्त रिटमाथि यसअघि दायर ६५ वर्षे उमेरहद संशोधन नगर्न मागसहितको रिटमा लगाउमा राखेर बुधबार सुनुवाइ हुने बताइएको छ । गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिटमा नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको मागसहित चारवटा मागदाबी गरिएको छ ।

रिटमा पौडेललाई गभर्नर सिफारिस र नियुक्ति गर्ने कार्य गैरकानूूनी भएको दावी गरिएको छ ।
गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेललाई म्याच फिक्सिङको शैलीमा नियुक्तिको तय गरी सिफारिस समितिबाट राजीनामा गर्न लगाई नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाएको दावी पनि रिटमा गरिएको छ ।

त्यसैगरी रिटमा राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्ति हुन नसक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरीत कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभाको सदस्यको उम्मेदवारलाई गभर्नर बनाएर सरकारले कानूनी राज्यको धज्जी उडाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077