Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बजेट लेखनको अन्तिम तयारी, सुझाव समेट्ने काम चल्दै

बजेट लेखनको अन्तिम तयारी, सुझाव समेट्ने काम चल्दै

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ । यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाईसमेत समेट्ने काम भइरहेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले देशको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टोली बजेट निर्माणमा केन्द्रित छ ।

अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो ।

अर्थ मन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग परामर्श गरेकाथिए ।

यही जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077