Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालले भारतमा शुरु गर्‍यो विद्युत निर्यात, कुन दिन कति निर्यात भयो ?

नेपालले भारतमा शुरु गर्‍यो विद्युत निर्यात, कुन दिन कति निर्यात भयो ?

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ ।

शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार राति २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ ।

केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत निर्यात गर्न थालेको हो ।

भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत भएको छ ।

नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

अहिले पिक समयमा १९५० मेगावाट विद्युतको माग छ । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको छ ।

यो वर्षको सुख्या याममा नेपालले एक हजार मेगावाटसम्म विद्युत भारतबाट आयात भएको थियो । बर्खाका बेलामा नेपालले विद्युत निर्यात गर्दै आएको छ ।

गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत निर्यातक बनेको थियो ।

नेपालले शनिबार २ सय मेगावाट, आइतबार – १७५ मेगावाट, सोमबार – १७० मेगावाट,मंगलबार – १५० मेगावाट विद्युत निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077