काठमाडौं । गभर्नरका लागि तीन जनाको नाम लिएर अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।
मंगलबार गभर्नर सिफारिस समितिको बैठक सकाएर गभर्नरका लागि सिफारिस भएका तीन जनाको नाम बोकेर पौडेल बालुवाटार गएका हुन्।
पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति भएको थियो ।