Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ कम्पनीले भन्यो–पोखरा विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा

चिनियाँ कम्पनीले भन्यो–पोखरा विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटीपूर्ण र हचुवा भएको जनाएको छ ।

कम्पनीले आज एक विज्ञप्ति जारी गरी प्रतिवेदनमा आफूमाथि गरिएको टिप्पणीहरूलाई तथ्यहीन, हचुवा र पूर्वाग्रही भएको भन्दै आपत्ति जनाएको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थलमा ८ अर्ब २३ करोड बढी भ्रष्टाचार भएको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनमाथि कम्पनीले असहमति जनाएको हो ।

गोरखापत्रमा एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ–‘प्रतिवेदनमा हाम्रो कम्पनीसम्बन्धी उल्लेख गरिएका विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैनन्। त्यसले परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र चिन्ताजनक लागेको छ।”

कम्पनीले विमानस्थल निर्माणका क्रममा जटिल भौगोलिक अवस्था, मुद्रास्फीति र कोभिड(१९ महामारी जस्ता चुनौतीहरूका बाबजुद मार्च २०२२ मै निर्माण सम्पन्न गरिएको र डिसेम्बर २९, २०२२ मा नेपाल र चीन सरकारबीच हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर भएको बताएको छ ।

यस्तो छ चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077