काठमाडौं । जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रस्ताव गरेको संशोधित दफासहितको विधेयक बहुमतका साथ पारित भएको हो ।
यसअघि संसदमा पेश भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो । छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक संसदमा प्रस्तुत गरेका थिए ।
विधेयकमाथि छलफलको क्रममा प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले जलस्रोत ऐन, २०४९ को कार्यान्वयनका क्रममा देखा परेका समस्या, चुनौती र अवसरलाई समेट्दै तथा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखी नयाँ विधेयक तयार गरिएको बताए ।