Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लगातार ६ दिन ओरालो लागेको सेयर बजार आज बढ्यो

लगातार ६ दिन ओरालो लागेको सेयर बजार आज बढ्यो

सोमवार , जेठ ६, २०८२

काठमाडौं । छ दिनसम्म लगातार ओरालो लागेको सेयर बजार सोमबार बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा आज १९.३० अंक बढेको हो ।

सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ । नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भयो ।

१८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रह्यो । आज होटल तथा पर्यटन सेक्टर १.२४ प्रतिशत घट्यो भने अरु सबै बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

बैंकिङ १.१७, फाइनान्स ०.७०, हाइड्रोपावर ०.९४, लगानी ०.७२, जीवन बीमा ०.४१, उत्पादन ०.२८, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा १.१२, अन्य ०.४४ र व्यापार ०.५७ प्रतिशत बढे ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ओम मेगाश्री फर्मास्युटिकल्स, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावरको मूल्य १० प्रतिशत बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ९.७३, ग्रीन डेभलपमेन्ट बैंकको ९.४६, रावा इनर्जीको ६.९८, एनएलजी इन्स्योरेन्सको ६.२६ प्रतिशत मूल्य बढ्यो ।

विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोपावरको ४.४० तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.३९ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077