Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शुक्रबार तीन हजार बढेको सुनको मूल्य आज घट्यो

शुक्रबार तीन हजार बढेको सुनको मूल्य आज घट्यो

आइतवार , जेठ ५, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077