Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज पनि घट्यो सेयर बजार

आज पनि घट्यो सेयर बजार

बिहिवार , जेठ २, २०८२

काठमाडौं । साताको पहिलो दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार अन्तिम कारोबार दिन आज पनि घटेको छ ।

आज परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि नेप्से २६११ अंकमा झरेको छ । योसहित लगातार पाँचौ दिन बजार घटेको हो ।

आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो ।

अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो ।

यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । साथै व्यापार ०.७० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077