Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झन्डै १३ खर्ब पुग्यो देशको बेरुजु

झन्डै १३ खर्ब पुग्यो देशको बेरुजु

बुधवार , जेठ १, २०८२

काठमाडौं । देशको बेरुजु झन्डै १३ खर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयका अनुसार गत आर्थिक वर्ष ०८०/८१ सम्ममा देशको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड ८७ लाख रुपैयाँ पुगेको हो।

देशभरका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने संवैधानिक अंग महालेखाले गत वर्षको लेखापरीक्षण सम्पन्न गरेको छ।

लेखापरीक्षणको ६२औँ प्रतिवेदन महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरे।

लेखापरीक्षण प्रतिवेदनले राज्यकोष सञ्चालनको बेथिति औँल्याएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार प्रचलित कानुन अनुसार रीत नपुर्‍याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको र अनियमितता, बेमनासिव हिसालाई महालेखाले बेरुजु मान्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077