Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१४ अंक घट्यो सेयर बजार

१४ अंक घट्यो सेयर बजार

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ ।

सो अंकको घटेपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ ।

सूचक ०.५६ प्रतिशतले घट्दा कुल कारोबार रकम नौ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढी भएको छ ।

यसदिन दुई करोड १२ लाख ८२ हजार २३१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा रहेका कम्पनीमध्ये ७७ कम्पनीको मूल्य बढेको छ । १६८ कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर देखिएको छ ।

नेप्सेमा क्रेष्ट इनर्जी र ओम मेगा इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । क्रेष्टको अन्तिम मूल्य दुई हजार २३४.८० रुपैयाँ पुगेको छ भने ओम मेगाको मूल्य ५२५.९० रुपैयाँमा पुगेको छ ।

जोशी हाइड्रोपावरको सेयर मूल्य २८.२० रुपैयाँ अर्थात् ६.७३ प्रतिशत वृद्धि भई ४४७ पुगेको छ । उन्नति सहकार्य लघुवित्त ५.८५ प्रतिशतले बढेर दुई हजारमा कारोबार भएको छ । लुम्बिनी विकास बैंकको मूल्य पनि ४.२६ प्रतिशतले बढेर ४६१ पुगेको छ ।

टर्नओभरका हिसाबले युनिभर्सल पावर अग्रस्थानमा रह्यो । यस कम्पनीको सेयरमा ६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

उच्च कारोबार भएका कम्पनीहरूमा ङादी, नेपाल माइक्रो फाइनान्स, सानिमा माई हाइड्रो र राधी विद्युत् लगायत कम्पनी रहेका छन् । यी कम्पनीहरूको कारोबार क्रमशः पाँच करोड २९ लाख, पाँच करोड १२ लाख, चार करोड ७१ लाख र चार करोड ६२ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077