Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नौ महिनामा १२ खर्ब रेमिटेन्स भित्रियो, ७ अर्ब ४२ करोड बाहिरियो

नौ महिनामा १२ खर्ब रेमिटेन्स भित्रियो, ७ अर्ब ४२ करोड बाहिरियो

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो।

गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना ९साउनदेखि चैत०मा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो। चैत एक महिनामा मात्रै भने एक खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

पछिल्लो २६ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

यो नौ महिना (साउनदेखि चैत)मा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ।

गत वर्षको पहिलो नौ महिनामा ५ अर्ब ११ करोड रूपैयाँ बाहिरिएको थियो।

नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.७६ प्रतिशतले बढेको छ।

गत आवको नौ महिनामा ५ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ७ हजार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077