काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका शिथिलता अन्त्य गर्नका लागि आवश्यक कानून समेत निर्माण गरिएको बताएका छन् ।
कानून संशोधनको प्रक्रियाका साथै निजी क्षेत्रका अन्य समस्या समाधान गर्न सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको भन्दै पौडेलले अहिले आयोगको सुझावका आधारमा सरकार अघि बढिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार काठमाडौंमा आयोजना गरेको बजेट पूर्व छलफल कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
उनले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।
उनले बजेटका साथै अन्य कानूनी संरचना निर्माण गरेर भएपनि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने बताए ।