काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ४०० रुपैयाँ घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।