Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई दिन बढेको सेयर बजार फेरि घट्यो

दुई दिन बढेको सेयर बजार फेरि घट्यो

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । दुई दिन लगातार बढेको सेयर बजारमा आज फेरि ओरालो लागेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ अंकले घटेको छ । आज नेप्से ०.४५ प्रतिशतले घटेर २६६१.६४ विन्दुमा पुगेको हो ।

नेप्से घट्दा पनि कारोबार भने बढेको छ । ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर कारोबार भएको छ ।

९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनी स्थिर भने रहेको छैन ।
३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ३१९ पटक शेयर किनबेच भएको छ ।

यस्तै फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनान्स समूह ४.३० प्रतिशतले ले बढेको छ भने सबैभन्दा कम जीवन बीमा ०.०१ प्रतिशतले बढेको छ । आज ५ वटा समूह बढेको छ भने ८ वटा समूह भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077