काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ ।
ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ ।
बैंकहरुले निक्षेप संकलन उपकरणमा गत वैशाख ३ गते राखेको ३० अर्ब परिपक्क भएपछि केन्द्रीय बैंकले थप ३५ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो ।
बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको १ खर्ब ३४ अर्ब २० करोड रकम परिपक्क हुनै बाँकी छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति जेठ १४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६८ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । य
सअवधिमा बैंकहरुले ५५ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ७९.२० प्रतिशत छ ।
यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ५७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।