Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आज तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयामा मा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077