काठमाडौं । बुधबार नेप्से परिसूचक ३.४४ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६२० अंक कायम भएको छ ।
आज सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो ।
आज ५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भयो । कुल कारोबारमा यो ५८.९ प्रतिशत हो । उच्च कारोबारका बाबजुत यो सेक्टर आज ०.०९ प्रतिशत घट्यो ।
हाइड्रोपावरका अलवा फाइनान्स १.३०, लगानी ०.८६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.२५, व्यापार ०.८४ तथा अन्य ०.०२ प्रतिशत घटे । बैंकिङ ०.१०, विकास बैंक ०.०६, होटल तथा पर्यटन ०.०४, उत्पादन ०.६२ तथा निर्जीवन बीमा ०.२३ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढेको हो । यीमध्ये ओम मेगाश्री आजैदेखि कारोबारमा आएको हो । जसको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै अपरसोलु हाइड्रो इलेक्ट्रिकको ९.८४, तथा सपोर्ट माइक्रोफाइनान्सको ९.०४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रिभरफल्स पावरको ७.५५ तथा भूगोल इनर्जीको ६.१५ प्रतिशत मूल्य घट्यो ।