Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनको मूल्य ४ हजार ६०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ४ हजार ६०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार यसको मूल्य १ लाख ८८ हजार एक सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077