काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो ।
विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको बताइएको छ ।
गत चैत १६ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नर विहीन छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा डा. गुणाकर भट्टलाई बनाउने सहमति भएको छ ।