Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माइतीघरमा सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुस

माइतीघरमा सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुस

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।

लामो समयदेखि सहकारीका समस्या ज्युँ का त्युँ रहेको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अर्धनग्न प्रदर्शन गरेका हुन् ।

उनीहरुले नकाब लगाएर प्रदर्शन गरेका थिए ।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन उनीहरुले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077