Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज पनि माथि टिक्न सकेन सेयर बजार, ९.९६ अंकले घट्यो

आज पनि माथि टिक्न सकेन सेयर बजार, ९.९६ अंकले घट्यो

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । लगातार तेस्रो दिन सेयर बजार घटेको छ । मंगलबार सेयर बजार ९.९६ अंक घटेसँगै लगातार तीन दिन बजार घटेको हो ।

आजको कारोबारपछि नेप्से परिसूचक २६८८.३२ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १३ मिनेटमै नेप्से २७०७ अंकसम्म पुगेको थियो । तर माथि टिक्न सकेन ।

बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने एउटाको स्थिर रह्यो ।

अन्य सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो । दुई ठूला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा समग्र सेक्टर बढ्न मद्दत पुगेको हो ।

त्यस्तै होटल तथा पर्यटन समूह ०.७९ र उत्पादन समूह १.१८ प्रतिशत बढे । यीबाहेक सबै सेक्टर घटे । लगानी सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो ।

बैंकिङ ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, हाइड्रोपावर ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार १.६५ प्रतिशत घटे ।

दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । मकर जितुमाया सुरी हाइड्रोपावरको ७.४७, ग्रिनलाइफ हाइड्रोपावरको ५.३०, नेपाल पुनर्बीमाको ४.८३ प्रतिशत बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ङादी ग्रुपको ३.८८ तथा एचआईडीसीएलको ३.७९ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077