Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओरालो लाग्दै सेयर बजार, २७ सयभन्दा तल झर्‍यो

ओरालो लाग्दै सेयर बजार, २७ सयभन्दा तल झर्‍यो

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । साताको दोस्रो दिन आज सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ ।

नेप्से आज अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ः२४ बजे २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन ।

बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भयो ।

११२ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने एउटाको स्थिर रह्यो । व्यापार सेक्टर सबैभन्दा धेरै घट्यो । बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत घटे ।

विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत बढे ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य केही दिनदेखि १० प्रतिशत बढिरहेको छ । आज पनि त्यो क्रम जारी रह्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, युनिभर्सल पावरको ९.८०, नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशत बढ्यो ।

एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ४.०२ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077