Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गभर्नर विवाद : आज पनि हेर्न नभ्याइनेमा

गभर्नर विवाद : आज पनि हेर्न नभ्याइनेमा

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । गभर्नर हुन उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुगेको विवादको रिट आज पनि सर्वोच्च अदालतले हेर्न नभ्याउने भएको छ।

गभर्नर बन्न उमेर हद संशोधन गरी हटाएको र  गुणाकर भट्टको योग्यता नपुगेको भन्दै दायर गरिएको रिट सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको थियो।

अहिले उक्त रिट हेर्न नभ्याउनेमा राखिएको हो। आइतबार पनि उक्त रिट पेसीमा चढेको थियो।

न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर, उक्त रिट अन्तिम तिर परेपछि हेर्न नभ्याइनेमा राखिएको थियो।

अधिवक्ता विशाल थापाले गभर्नरको नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएकोविरूद्ध रिट दायर गरेका थिए।

वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077