Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकहरूको नाफा जम्मा १.४ प्रतिशत बढ्यो

बैंकहरूको नाफा जम्मा १.४ प्रतिशत बढ्यो

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो ।

एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।

यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ ।

त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077