Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्थ सचिव उपाध्यायले भने – कर्मचारीको अवकाश उमेर ६० पुर्‍याए ६० अर्बसम्म बचत हुनेछ

अर्थ सचिव उपाध्यायले भने – कर्मचारीको अवकाश उमेर ६० पुर्‍याए ६० अर्बसम्म बचत हुनेछ

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कर्मचारीको अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्‍याए ५० देखि ६० अर्ब बचत हुने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा अर्थ सचिव उपाध्यायले यो आफ्नो नभएर मन्त्रालयको धारणा रहेको उनले बताएका हुन् ।

निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अवकाश ५८ बाट ६० वर्ष पुर्‍याए ५० देखि ६० अर्ब बचत हुने बताएका हुन् ।

अवकाश ५८ बाट ६० वर्ष पुर्‍याउने सहमति जुटेको छ ।

तर, कसरी पास गर्ने भन्नेमा कुरा मिल्न बाँकी छ । अर्थ मन्त्रालयले भने एकैपटक ५८ बाट ६० वर्षको प्रावधान लागू गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077