Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लगातार बढ्यो नेप्से

लगातार बढ्यो नेप्से

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ ।

आज बढेसँगै नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो ।

बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो ।

आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । व्यापार ०.१५ प्रतिशत घट्यो । लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो ।

बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।

बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो । आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

त्यसपछि धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077