Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

    प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 234
    SHARES

    पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ ।

    बैशाख २ गते एक कार्यक्रमको आयोजना गरी बैंक तथा होटलका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लक्षित गरेर उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरिएको बैंकले जनाएको छ ।



    सम्झौता पत्रमा गोरखा गार्डन होटल प्रा.लि.का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक लिमिटेडको तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

    प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि.बीच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार