Online Nepal
  • सोमबार, १५ बैशाख २०८२
  • रोमाञ्चक खेलमा पन्जाबको जित, कोलकाता १६ रनले पराजित

    रोमाञ्चक खेलमा पन्जाबको जित, कोलकाता १६ रनले पराजित

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 234
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित गरेको छ ।

    मंगलबार राति भएको खेलमा पन्जाबले दिएको १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाता १५ ओभर १ बलमा ९५ रनमा अल आउट भयो ।



    कोलकाताका अङकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । पन्जाबका लागि युजबेन्द्र चाहलले ४ र मार्की जानसेनले ३ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले १५ ओभर ३ बलमा १ सय ११ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले ३० रन बनाए । प्रियान्स आर्याले २२ रन जोडे ।

    कोलकाताका हर्षित रानाले ३ विकेट लिए । यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २र२ विकेट लिए ।

    ६ खेलमा ४ मा जीत र २ मा हार बेहोरेको पन्जाब ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सात खेलमा ३ जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित छैटौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार