काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आजै वार्ता हुने भएको छ ।
अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो ।
मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका छन् ।
गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।
Leave a Reply