Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • छैटौं जितसहित गुजरात शीर्षमा

    छैटौं जितसहित गुजरात शीर्षमा

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०८२
  • 255
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ । हिजोको खेलमा गुजरातले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

    कोलकाताका कप्तान अजिंक्य रहानेले सर्वाधिक ५० रन बनाए । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई विकेट लिए ।



    त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । यस्तै साई सुदर्शनले ५२ र जोश बटलरले अविजित ४१ रन जोडे ।

    कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले समान एक विकेट लिए । जीतसँगै गुजरात आठ खेलबाट १२ अङ्कसहित शीर्ष स्थानमा छ ।

    कोलकाता भने समान खेलबाट ६ अङ्कसहित सातौैं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार