काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय भएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।
Leave a Reply