Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग

    सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 291
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

    न्यायाधीश विनोद शर्माको इजलासले उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा कारण पेश गर्न आदेश जारी गरेको हो ।



    सर्वोच्चले जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

    उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गतसाता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

    बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदरको माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

    सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता जोशी थुनामै छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालतको बुटबल इजलासले पनि सदर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार