Online Nepal
  • सोमबार, १५ बैशाख २०८२
  • तोलामा १७०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    तोलामा १७०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 270
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

    आइतबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।



    गत बिहीबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो। आइतबार एक हजार रूपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    आइतबारको उक्त मूल्य हालसम्मकै उच्च हो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार