Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा १७०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा १७०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

आइतबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।

गत बिहीबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो। आइतबार एक हजार रूपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबारको उक्त मूल्य हालसम्मकै उच्च हो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077