Online Nepal
  • सोमबार, १५ बैशाख २०८२
  • बीजी इन्फोटेकले छाडा पशुचौपाया र कुकुरलाई खुवायो खाना, रिफ्लेक्टिङ्ग बेल्ट पनि बाँधियो

    बीजी इन्फोटेकले छाडा पशुचौपाया र कुकुरलाई खुवायो खाना, रिफ्लेक्टिङ्ग बेल्ट पनि बाँधियो

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०८२
  • 1.1K
    SHARES

    कैलाली । बीजी इन्फोटेक (आईटी कम्पनी) ले आफ्नो पहिलो स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रेरणादायी काम गरेको छ । इन्फोटेकले सोमबार बिहान छाडा गाई तथा गोरुलाई रोटी र केरा खुवाएर दिवसको सुरुवात गरेको हो ।

    यस्तै, साँझको समयमा धनगढीका मुख्य सडक आसपास रहेका छाडा कुकुरहरूलाई मासु र भात खुवाइएको इन्फोटेकले जानकारी दिएको छ ।



    केवल भोजनमै सीमित नरहेर, इन्फोटेकले सडक दुर्घटनाको जोखिम कम गर्न छाडा चौपायाका घाटीमा राती देखिने रिफ्लेक्टिङ्ग बेल्ट समेत बाँधिएको इन्फोटेकका सञ्चालक सन्देश बोगटीले जानकारी दिए ।

    रिफ्लेक्टिङ्ग बेल्टले रातको समयमा सवारी साधनले चौपाया देख्न सक्ने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    छाडा जनावरहरूप्रति दया भाव र समाजमा चेतना फैलाउने उद्देश्यले यस्तो प्रयास गरिएको बताइएको छ । सञ्चालक बोगटीले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार