Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

भक्तपुरमा ढालियो ५५ हात लामो लिङ्गो

भक्तपुरमा ढालियो ५५ हात लामो लिङ्गो

सोमवार , बैशाख १, २०८२

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो ।

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाँडिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ।

योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विषेश पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पुर्‍याइ रथ जुधाउने जात्रा गर्ने परम्परा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077