Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने बाबुरामको विश्वास

नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने बाबुरामको विश्वास

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष भट्टराईले नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा अध्यक्ष भट्टराईले भनेका छन्, “नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र खुसी लिएर आओस् । सबै नेपालीहरूको मनको आकाङ्क्षा पूरा होस् । राजनीतिक अस्थिरताको समाधान मिलोस् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077