भक्तपुर । भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–४ घर भइ हाल सूर्यविनायक नगरपालिका–८, सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो ।
बिस्का जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
Leave a Reply