Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आजदेखि नव वर्ष २०८२ सुरु, हर्षोल्लासका साथ देशभर मनाइँदै

आजदेखि नव वर्ष २०८२ सुरु, हर्षोल्लासका साथ देशभर मनाइँदै

सोमवार , बैशाख १, २०८२

काठमाडौं । आज विक्रम संवत् २०८२ को पहिलो दिन वैशाख १ गते देशभर शुभकामना साटासाट गर्दै उत्साहका साथ मनाइँदै छ।

आज सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति हो। यो वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत छ भनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्।

सूर्य मेष राशिमा प्रवेश गर्दा नयाँ वर्ष सुरु हुन्छ र मीन राशि छोड्दा पुरानो वर्ष सकिन्छ। यो वैज्ञानिक छ भनी विद्वानहरूको बुझाइ छ। यो संवत्मा सौरमान र चान्द्रमानको समन्वय पनि छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।

आज हरेक व्यक्तिले गत वर्षका कामको सफलता र असफलता मूल्याङ्कन गर्छन्। असफलता दोहोरिन नदिने र सफलता हासिल गर्ने योजना बनाउँछन्। बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मन्दिरमा पूजा गर्ने, मीठो खाने, साथीभाइ र आफन्तसँग भेटेर शुभकामना साट्ने गरिन्छ। विश्वभरका नेपालीले वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउँछन्।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने नयाँ संवत्सर चैत १७ देखि नै सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077