काठमाडौँ । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक पदमा बढुवाका सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा सुदिप थापा छन् ।
प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा रबी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाई र हस्त बहादुर तामाङसहित ६१ जना रहेका छन् ।
Leave a Reply