Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

आइतवार , चैत्र ३०, २०८१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका बसन्तपुरस्थित राप्तीखोलाको किनारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा २८ वर्षीय अबिरल थिङ रहेका छन् ।

चट्याङ लागेर मृतकको ५६ वर्षीय बुबा सिंह बहादुर थिङ र मृतकको सानीआमाको छोरा १० वर्षीय सौगात गोले घाइते भएका छन् ।

आइतबार दिउँसो मनहरी गाउँपालिका-५, डिल्लीपुरमा रहेको आफन्तको घरबाट आफ्नो घर दरदरा फर्कने क्रममा उनीहरूलाई चट्याङ लागेको हो । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077