मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका बसन्तपुरस्थित राप्तीखोलाको किनारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा २८ वर्षीय अबिरल थिङ रहेका छन् ।
चट्याङ लागेर मृतकको ५६ वर्षीय बुबा सिंह बहादुर थिङ र मृतकको सानीआमाको छोरा १० वर्षीय सौगात गोले घाइते भएका छन् ।
आइतबार दिउँसो मनहरी गाउँपालिका-५, डिल्लीपुरमा रहेको आफन्तको घरबाट आफ्नो घर दरदरा फर्कने क्रममा उनीहरूलाई चट्याङ लागेको हो । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।
Leave a Reply