Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्ड‍ेक्स ०.४० अंकले बढेर ४४६.४४ विन्दुमा पुगेको हो ।

यसदिन ३२२ स्क्रिप्सको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेप्से घटेपनि दुईवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

१२ प्रतिशत गु्डविल फाइनान्स र नेपाल माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।

यसैगरी क्रेष्ट माइक्रो लाइफ इन्स्योरे‍न्सको ९.९८ प्रतिशतले बढ्दा त्रिशूली जल विद्युतको ६.३०,एनआईबीएल स्टेबल फण्डको ५.२२ प्रतिशतले बढेको छ ।

आजकोदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।

बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले घट्दा सिन्धु विकास बैंकको ९.०८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा आधारमा सीईडीबी होल्डिंक्स शीर्षस्थानमा रह्यो ।

सो कम्पनीको ४५ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।

एनआएरन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४४ करोड,राधी विद्युतको ४३ करोड,हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्टको २० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये ८८ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रहेको छ ।

चार समूहको उपसूचक बढ्दा अन्यको सूचक नकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077