Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर

वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार उक्त घटनामा ३३ जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले भने,‘स्थिति नियन्त्रणको क्रममा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर भएको छ । २५ सुुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते भएका छन् ।’

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी गराए।

कर्फ्यु आदेश उल्लंघन गर्नेहरु केहीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।

शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्‍दै त्यहाँ तनावको स्थिति बनेको हो।

दुई समुदायबीच शनिबार दिउँसो झडप भएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको छ ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077