Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर

    वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 321
    SHARES

    काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्तो जानकारी गराएका हुन् ।



    उनका अनुसार उक्त घटनामा ३३ जना घाइते भएका छन् ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले भने,‘स्थिति नियन्त्रणको क्रममा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर भएको छ । २५ सुुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते भएका छन् ।’

    घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी गराए।

    कर्फ्यु आदेश उल्लंघन गर्नेहरु केहीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

    हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।

    शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्‍दै त्यहाँ तनावको स्थिति बनेको हो।

    दुई समुदायबीच शनिबार दिउँसो झडप भएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

    स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको छ ।

    पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार